२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

जेसीज सप्ताह सुरु

दाङ ,१२ जेठ ।
तुलसीपुर नगर जेसीजले जेसीज सप्ताह सुरु गरेको छ । मानवताको सेवा जीवनको सर्वोतम कार्य हो भन्ने नारा सहित शनिबारदेखि सप्ताह सुरु भएको हो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानरपालिकाका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस