२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ।

भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको संरचना निर्माणको अवस्था र हाल भइरहेको कामको अनुगमन गरी त्यसको प्रगतिबारे जानकारी लिनुभएको हो ।

१० अर्ब बराबरको लागतमा निर्माण भइरहेको संरचना निर्माणबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री लामिछानेलाई जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस