चाबहिलमा एक पुरुषले परिवार सहित पेट्रोल छर्केर आगो लगाए
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा घरायसी झगडा र मादक पदार्थ सेवन गरेर एक पुरुषले पेट्रोल छर्केर परिवार सहित आफैँलाई आगो लगाएका छन् ।
बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।
घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी बर्न अस्पतालमा पठाइएको छ ।
बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका दुई छोरीहरू गम्भीर घाइते भएका छन् । २४ र १६ वर्षीया छोरीहरू गम्भीर घाइते भएका हुन् ।
प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार