२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यू

दाङ, २७ जेठ । दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यू भएको छ ।

गढवा गाउँपालिका- २, पचहिया निवासी २६ बर्षका रन्जित चौधरीले आफ्नै श्रीमती २१ बर्षकी कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यू भएको हो ।

रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहारबाट गम्भीर घाइते भएकी उनको बुटवलको क्रमिसन हस्पिटलमा उपचारका क्रममा आज बिहान ८ मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको गढवा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस