सुरक्षाकर्मीद्वारा संसद् भवनमा गोली हानी आत्महत्या
काठमाडौँ । संघीय संसद् सचिवालयमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार