२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

बबई नदि तर्ने क्रममा बगाएको युवतीको शव फेला

दाङ, १९ असार । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो ।

उनको दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

आफन्तीको घरमा जाने क्रममा आज बिहान सम्झनालाई खोलाले बगाएको थियो ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस