२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

रेडियो तुलसीपुर २२ वर्षमा प्रवेश

दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको सामुदायिक रेडियो रेडियो तुलसीपुर १००.२ मेगाहर्ज आजबाट २२औं वर्षमा प्रवेश गरेको छ।

२०६० साल पौष २१ गतेदेखि प्रसारण सुरु गरेको रेडियो तुलसीपुरले सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक परिवर्तनको माध्यमका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। समुदायको आवाजलाई बुलन्द पार्दै स्थानीय तहको विकास, समावेशिता र जनचेतनामा टेवा पुर्‍याउँदै आएको यस रेडियोले आफ्नो स्थापनादेखि नै पत्रकारिताको क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याएको छ।

हाल रेडियो तुलसीपुरको अध्यक्ष दिपु गिरि, स्टेसन म्यानेजर अर्जुन गिरि, र व्यवस्थापक तेज बहादुर परियार रहनुभएको छ।

रेडियोले विभिन्न विषयवस्तुमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै कृषक, विद्यार्थी, महिलाहरू, युवा तथा विभिन्न समुदायका जनतालाई लक्षित गरी सशक्तिकरण तथा सूचनाको पहुँचमा योगदान पुर्‍याउँदै आएको छ।

स्थानीय मुद्दालाई प्राथमिकता दिने र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले अगाडि बढ्दै आएको रेडियो तुलसीपुरले आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै समाजलाई सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

रेडियोका पदाधिकारीहरूले यस सफल यात्रामा साथ दिने सबै श्रोता, विज्ञापनदाता, सामाजिक अभियन्ता तथा शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

रेडियो तुलसीपुर परिवारलाई २२औं वर्ष प्रवेशको हार्दिक शुभकामना!

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस