गन्धर्व जातिको संरक्षण र सम्वर्द्धनमा पूर्ण सहयोग रहन्छ: पूर्व मुख्मन्त्री चौधरी
नेपालकै लोपोन्मुख जाति गन्धर्व जातिको संरक्षण र सम्वर्द्धनको लागि आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताउनुभएको छ ।
नेपाली लोकसंगीत र रंमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धन र विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन सारंगीले नेपालीको ईतिहास झल्काउने उहाँ बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरको गन्धर्व समुदायको वस्ति अवलोकन गर्दै चौधरीले यस्तो बताउनु भएको हो ।
उहाँले रक्षाचौरलाई गन्धर्व समुदायको वाद्यवादन सारंगीको हवको रुपमा विकास गर्ने बताउनुभयो ।
यस क्षेत्रलाई गन्धर्व समुदायको रितिरिवाज, खानपान, बाद्यवादन लगाएतको क्षेत्र बनाउनको लागि स्थानियहरु अग्रसर हुन पनि आग्रह गर्नुभयो ।
हाल तुलसीपुर ४ रक्षाचौरमा ७० गन्धर्व घरधुरी रहेका छन्।


