२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

तुलसीपुर महोत्सवको उद्घाटन उद्योग, वाणिज्य मन्त्री भण्डारीले गर्ने

दाङ, १ फागुन ।
आजबाट सुरु हुन लागेको दोस्रो तुलसीपुर महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भएका छन ।


दिउँसो १ बजे महोत्सवको विधिवतरूपमा उद्घाटन गरिने मेला मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिनु भयो।

महोत्सव उद्घाटन अघि ११ बजे देखि झाँकी तथा शोभा यात्रा गरिने छ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव संचालन हुदैछ ।


महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालन छ । स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गरिएको आयोजकले जनाएको छ ।


महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ ।

यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीयस्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने लोक नृत्य तथा झाँकी, बालउद्यान रहने छ।


महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।

१६ गते सम्म संचालन हुने महोत्सवमा ५ सय बढि स्टलहरु राखिएको छ । महोत्सवको आयोजना तुलसीपुर चेम्बर अफ कमर्सले गरेको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस