नेपाल सांस्कृतिक महासंघ लमही नगर स्तरीय कार्यसमिति चयन, अध्यक्षमा दशौदी
दाङ – नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले लमहीमा नगर स्तरीय कार्यसमिति चयन गरेको छ ।
जस्को अध्यक्षमा उषा दशौदी, उपाध्यक्षमा पोषण भण्डारी, सचिवमा प्रिया स्मृती गजमेर, कोषाध्यक्षमा वर्षा वली, सहसचिवमा सुशिला डाँगी रहनु भएको छ ।
त्यसैगरी सिमा चौधरी, पवन बस्याल, छायाँ बुढाथोकी र सुष्मा नेपाली सदस्य रहनु भएको छ ।
नेपाल सांस्कृतिक महासंघ लमही नगर स्तरीय प्रथम अधिवेशनमा बोल्दै नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीले नेपाली कांग्रेसका भातृसंगठनमध्ये पार्टीलाई ऊर्जाशील बनाउन सक्ने संस्था नै नेपाल सांस्कृतिक महासंघ भएको बताउनु भयो ।
सोमबार लमहीमा सम्पन्न प्रथम नगर स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै सभापति बुढाथोकीले कलाका विभिन्न क्षेत्रमा क्रियाशील कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघको नेपाली कांग्रेसभित्र अन्य भातृ सङ्घसंस्थाको भन्दा मूल्य र मान्यता ठुलो रहेको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल सांस्कृतिक महासंघ लमही नगर समितिका सल्लाहकार, संगीतकार तथा गायक यादव योगीले संगठन सुदृढीकरण, सांस्कृतिक पहिचान संरक्षण तथा सामाजिक सद्भाव कायम राख्न महासंघले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्ने बताउनु भयो ।
नेपाल सांस्कृतिक महासंघ लमही नगरका पुर्व अध्यक्ष ज्ञानेन्द्र स्वर्णकारले सांस्कृतिक जागरण र नेपाली कांग्रेसको विचारलाई स्थानीय स्तरसम्म विस्तार गर्न नयाँ कार्यसमिति सक्रिय रूपमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल सांस्कृतिक महासंघ लमही नगरका नवनिर्वाचित अध्यक्ष उषा दशौदीले संगठनलाई सशक्त र प्रभावकारी बनाउन प्रतिबद्धताका साथ अगाडि बढ्ने बताउनु भयो ।
स्थानीयस्तरमा संगठन विस्तार तथा सांस्कृतिक गतिविधिलाई सशक्त बनाउने उद्देश्य लिएको छ । नयाँ कार्यसमिति गठनसँगै, लमही नगर स्तरीय महासंघले आगामी दिनमा आफ्नो गतिविधि थप सक्रिय बनाउने लक्ष्य लिएको छ ।