२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

लागूऔषध र नक्कली नोट सहित पत्रकार पक्राउ

दाङ, ३१ असार ।

कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ परेका छन्।

१ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर साकारलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।

साकारलाइ उनकै कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस