२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

दुम्सी मारेको आरोपमा चार जना पक्राउ

महोत्तरी, ३० साउन ।

प्रहरीले जंगलमा दुम्सी मारेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । महोत्तरी जिल्लाको बर्दिबास– १० स्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको लक्ष्मीनियाँ जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ।

उनीहरू आधा दर्जन दुम्सीसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका९३ भक्तिपुरका अरुण मिस्त्री, रामस्वरूप मिस्त्री, उमेश मिस्त्री र ध्रुव मिस्त्री छन्।

जनकपुरबाट लालबन्दीतर्फ जाने क्रममा सर्लाहीका डिभिजनल वन अधिकृत सन्तोष झा नेतृत्वको टोलीले बुधबार राति मरेका ६ वटा दुम्सीसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस