२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

नदीमा हाम फालेका युवक मृत्त फेला

कञ्चनपुर, १८ भदौ ।

नदीमा हाम फालेका एक युवक मृत्त फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बल्मा नदीमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार अपरान्ह्को स्थानीय २० वर्षका बलभद्र रानाले नदीको साइपनमा हाम फालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार साइपनमा हाम फालेको सूचना वडाध्यक्ष रतनसिंह विष्टमार्फत आएको थियो । घटनापछि तत्कालै इलाका प्रहरी पोस्ट, दैजीका प्रहरी नायब निरीक्षक जगदीश भट्टको कमान्डमा तीन जना, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) सागर बोहराको कमान्डमा १२ जनाका साथै सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक ललितसिंह विष्टको कमान्डमा ६ जना प्रहरी परिचालन गरिएको थियो ।

घटनास्थल भन्दा करिब २५० मिटर पूर्व नहरको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस