२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

छोराको हत्या आरोपमा बाबू पक्राउ

काठमाडौ, ३० कार्तिक ।

आफ्नै छोराको हत्याको आरोपमा बाबू पक्राउ परेका छन् । आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा ५२ वर्षीय बखतसिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।

मिक्लाजुङ गाउँपालिका–८ भदौरेका बखतसिंहलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। घर नजिकै बखतसिंहले भरूवा बन्दुकले प्रहार गर्दा सफल लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दुर्दिम्बाबाट खटिएको टोलीले उनलाई हत्यामा प्रयोग भएको भरूवा बन्दुकसहित पक्राउ गरेको जनाइएको छ। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस