२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

मधेस प्रदेशका पाँच जना सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश

काठमाण्डौँ

सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० दिन बैठकमा उपस्थित नभएको भन्दै पाँच जना सांसदलाई पदमुक्त गरेका थिए।

संजयकुमार यादव, मनिषकुमार सुमन, सिंगासन सा कलवार, उर्मिलादेवी सिंह र संकरप्रसाद कलवारलाई पदमुक्त गरेको हो। उक्त पद रिक्त भएपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन्।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

यस्तै विपक्षीका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेशका लागि दुबै पक्षलाई झिकाउन समेत आदेश दिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस