करदाता शिक्षा कार्यक्रम सम्पन्न
दाङ, ८ पुस । आनतरिक राजश्व कार्यालय तुलसीपुर को आयोजनामा मगलवार घोराहीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कर कार्यालय प्रमुख श्रीधर टन्डन को अध्यक्षता एव दाङ जिला उधोग वाणिज्य सङ्का काबा अध्यक्ष नरेश कुमार श्रेष्ठ को प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रमुख अतिथि काबा अध्यक्ष श्रेष्ठ ले पुस मसान्त सम्म कर मा विषेस छुट भएको ले सुविधा लिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाले छुटको बारे बुझ्न सङको कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । करकार्यालय बाट विवरण दाङ उवास मा आइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा कर अधिकृत नारायण रिजालले आयकर मूल्य अभिवृद्दीकर अन्त शुल्क र आर्थिक एन २०८२ का बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम सहजीकरण कर अधिकृत चिरञ्जीवी खड्काले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार