दाङको लमहीमा कार दुर्घटना
दाङ, २४ पुस ।
दाङको लमहीमा कार दुर्घटना भएको छ। सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३–६१४३ नम्बरको कार लमहीमा दुर्घटना भएको हो।
कार अनियन्त्रित भई लमही बजारदेखि केही पूर्वतर्फ खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
दुर्घटनामा परेर वीरेन्द्रनगर नगरपालिका–४ निवासी ३८ वर्षीय सुरज थापा र सोही स्थानका ४३ वर्षीय कार चालक गगनबहादुर थापा घाइते भएका छन्।
घाइते दुवै जनालाई उद्धार गरी लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार