आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौं, ५ माघ।
निर्वाचन आयोगले आज (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।
प्रत्यक्षतर्फको मनोनयन दर्ता हुनुभन्दा एक दिनअघि नै आचारसंहिता लागू गर्न लागिएको आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता माघ ६ गते हुने तालिका छ।
आचारसंहिता लागू भएसँगै निर्वाचन प्रचार–प्रसार, उम्मेदवारका गतिविधि, सरकारले गर्ने नियुक्ति तथा सञ्चारमाध्यममा प्रकाशन हुने समाचार सामग्रीको समेत अनुगमन गरिने आयोगले जनाएको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार