२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

तुलसीपुरको दाजुभाई चोकबाट हराइन ११ बर्षिया बालिका: खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

तुलसीपुर, ५ माघ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा दाजुभाई चोक क्षेत्रबाट ११ वर्षीया बालिका हराएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी हेमन्त योगि र टोपकला योगिकी ११ बर्षिया छोरी सृष्टि योगि आइतबार साँझ करिब ५ः३० बजेदेखि सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ ।

उनी Ideal English Boarding School कक्षा ४ मा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

सृष्टि योगिलाई कसैले देखेमा नजिकको प्रहरी चौकी वा परिवारजनलाई जानकारी गराइदिन सबैमा आग्रह गरेको छ ।

सृष्टिलाई भेटाउनुहुने जो कोहिले मोबाईल नम्बर 9706630055 मा वा नजिकको प्रहरी चौकीमा खवर गरिदिनुहुँन परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस