गाउँपालिकाका अध्यक्षद्धारा जन्मदिनमा ह्विलचियर सहयोग
दाङ,५ माघ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो जन्मदिनमा ह्विलचियर सहयोग गरेका छन् । उनले अपांगताका कारण कष्टकर जीवन बिताइरहेकी एक वृद्धालाई ह्वीलचियर प्रदान गरेका हुन् ।
शान्तिनगर गाउँपालिका–७ दुवीचौर स्थायी घर भई हाल बबई गाउँपालिका–७ मथ्यौरामा छोरीको घरमा बस्दै आएकी ७२ वर्षीया गौरी थरुनीलाई अध्यक्ष बस्नेतले ह्वीलचियर उपलब्ध गराएका हुन् । लामो समयदेखि शारीरिक असहजताका कारण हिँडडुल गर्न नसकिरहेकी थरुनीले ह्वीलचियर पाएपछि दैनिक जीवन सहज हुने विश्वास गरिएको छ ।
जन्मदिनलाई औपचारिक कार्यक्रम वा भोजभतेरभन्दा सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन पाउँदा आत्मसन्तुष्टि मिलेको अध्यक्ष बस्नेतले बताए । “समाजका असहाय, अपांग र पीडित वर्गका लागि सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ, त्यसै भावनाले यो कार्य गरिएको हो,” उनले भने ।
अध्यक्ष बस्नेतको यस कदमको स्थानीयवासीहरूले प्रशंसा गरेका छन् । उनीहरूले जनप्रतिनिधिहरूले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
ह्वीलचियर प्राप्त गरेकी वृद्धा थरुनी तथा उनका परिवारजनले पनि सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्