२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

दाङ, ८ माघ ।

लुम्बिनी प्रदेश सरकारले वसन्त पञ्चमी (श्रीपञ्चमी) का अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले सूचना जारी गर्दै २०८२ माघ ९ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।

सूचनाअनुसार शुक्रबार लुम्बिनी प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

मन्त्रालयले वसन्त पञ्चमीको अवसरमा सार्वजनिक बिदा सम्बन्धी निर्णयबारे सम्बन्धित सबैको जानकारीका लागि सूचना सार्वजनिक गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस