२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

दाङ, १६ माघ।

दाङबाट काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटनामा भएको छ । दुर्घटनामा परि ३८ जना घाइते भएका छन् । बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पल्टिएर दुर्घटना भएको हो ।

शुक्रवार बिहान करिब ३ बजेर बस सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस