२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

देशका विभिन्न जिल्लाबाट लागू पदार्थसहित ९ जना पक्राउ

काठमाडौँ, १४ फागुन ।

देशका विभिन्न जिल्लाबाट लागू पदार्थसहित नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन्।

अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधि बरामद भएको प्रहरीले जनाएको छ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा प्रतिबन्धित पदार्थ फेला पारेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस