२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

दाङ, ४ चैत । दाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ।

गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

स्थानीयका अनुसार रा १ त ३४२९ नम्बरको ट्र्याक्टर बाटो क्रस गर्ने क्रममा रोकिएको अवस्थामा पछाडिबाट आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस