खोटाङमा हेलिकप्टर दुर्घटना
विराटनगर ।
खोटाङको केपिलासगढी गाउँपालिका(२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिनका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताए । उनले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए ।
खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।
हेलिकप्टर अवतरण गर्नेक्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार