२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरिएको हो ।

यसअघि उनीहरूको नाम सुनुवाइ समितिबाट स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस