२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

भान्छामा ग्यास चुहिएर आगलागी हुँदा घाइते महिलाको उपचार क्रममा मृत्यु

विराटनगर, २९ कात्तिक ।

मोरङको रतुवामाईमा ग्यास चुहिएर भएको आगलागीमा जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ।

रतुवामाई नगरपालिका–९ भौडा टोलकी भट्टराईको कीर्तिपुरस्थित बर्न अस्पतालमा आइतबार बिहान २:४५ बजे मृत्यु भएको हो।

उनलाई गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।

गत कात्तिक २४ गते लोकनाथ भट्टराईको घरको भान्छामा ग्यास चुहिएर आगलागी हुँदा सुरक्षा जलेर घाइते भएकी थिइन्।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस