२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

धनगढीबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, २५ जना घाइते

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६:४० बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

नवलपरासी, ३० कात्तिक।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६:४० बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

उक्त दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। दुर्घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस