२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

लुम्बिनीमा प्रमुख प्रतिपक्ष एमालेद्वारा संसद् बैठक बहिष्कार

दाङ :  लुम्बिनी प्रदेशसभाको संसद् बैठकलाई नेकपा एमालेले बहिष्कार गरेको छ । मंगलबार बेलुका बसेको दोस्रो अधिवेशनको १६ औँ बैठक बहिष्कार गरेको हो ।  

बैठकमा सहभागी हुँदै आफूहरूले विगत देखि राख्दै आएका मागहरू सम्बोधन गर्नुका साटो बलजफ्ती संसद् चलाएर बहुमतीय प्रणालीबाट बजेट पास गर्न खोजेपछि एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले  संसद्‌मा बजेट वक्तव्य नै च्यातेका थिए । 

बैठक बहिष्कार पछि एमालेले  पत्रकार सम्मेलन समेत गरी संसद् बैठक बहिष्कार गरेको जानकारी दिएको थियो ।  

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस