२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायो

काठमाडौ।

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभावबारे नेपालमा चर्चा सुरु भएको छ। भारतीय वाणिज्य विभागले सूचना जारी गर्दै तत्काल लागू हुने गरी चिनी निर्यातमा रोक लगाएको जनाएको हो।

भारतको निर्णयसँगै नेपाली बजारमा चिनीको अभाव र मूल्यवृद्धि हुन सक्ने चिन्ता उपभोक्ताहरूले व्यक्त गरेका छन्।

तर नेपाली चिनी उत्पादकहरूले भने तत्काल कुनै समस्या नआउने बताएका छन्। नेपाली चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवाल ले कम्तीमा आउँदो मङ्सिर–पुससम्म चिनी आपूर्तिमा असर नपर्ने बताउनुभयो।

उहाँका अनुसार यस वर्ष नेपालमा करिब २ लाख मेट्रिक टन चिनी उत्पादन भएको छ भने ७५ हजारदेखि ८० हजार मेट्रिक टनसम्म चिनी आयात भइसकेको छ।

उहाँले नेपालमा चिनीको मूल्यवृद्धि अन्य खाद्यवस्तुको तुलनामा कम हुने गरेको दाबी गर्नुभयो। यद्यपि दशैँ–तिहारजस्ता चाडपर्वमा भने चिनीको कृत्रिम अभाव र मूल्यवृद्धिको गुनासो आउने गरेको छ।

स्वास्थ्यकर्मीहरूले प्रशोधित चिनीको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने भन्दै यसको प्रयोग घटाउन सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस