२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम

दाङ, १७ पौष । लुम्बिनी प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा दाङको राजविद्या पाठशाला प्रथम भएको छ ।

डिजी स्कुलको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा राजविद्या पाठशालाका अनुष रावत प्रथम भएका हुन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका ४८ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रतियोगिता कम्प्यूटर विज्ञानसँग सम्बन्धित रहेको थियो । प्रतियोगितामा एनिमेसन, पाइथन र गेम क्रेसनका लागि कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

डिजी स्कुलले विद्यालयको सहकार्यमा कम्प्युटर शिक्षाका विषयमा सहकार्य गर्दै आएको छ ।

कार्यक्रम आइतबार बुटवलको न्यु होइराजन इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस