२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

कार्यसम्पादनमा देशकै उत्कृष्ट भयो जिप्रका सल्यान

दाङ, ७ साउन ।

जिल्ला प्रहरी कार्यालय सल्यान कार्यसम्पादन मूल्यांकनमा देशभरकै उत्कृष्ट बनेको छ । देशभरका ‘घ’ वर्गका २५ जिल्ला प्रहरी कार्यालयमध्ये मासिक कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा पुगेको हो।

केही महिनाअघि १९ औँ स्थानमा रहेको कार्यालयले निरन्तर सुधार गर्दै जेठमा दोस्रो र असारमा सर्वाधिक अंकसहित शीर्ष स्थान हासिल गरेको हो।

सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार नेतृत्व, कर्मचारीको सक्रियता र प्रभावकारी समन्वयले सफलता सम्भव भएको हो।

नेपाल प्रहरी ले अपराध नियन्त्रण, शान्ति सुरक्षा, सेवा प्रवाह, मानवअधिकार पालनालगायत सूचकका आधारमा मासिक मूल्याङ्कन गर्दै आएको छ।

कार्यालयले उपलब्धिले थप जिम्मेवार सेवा दिन प्रेरणा मिलेको बताउँदै आगामी दिनमा पनि नागरिकमैत्री सेवा र सुरक्षा सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस