एआई क्यामेरामार्फत ५९ जना पहिचान गरी पक्राउ
काठमाडौं, ८ साउन । एआई क्यामेरामार्फत ५९ जनाको पहिचान गरी पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एआई क्यामेरामार्फत पहिचान गरी ५९ जना संदिग्धलाई पक्राउ गरिएको बताएको छ । परिसरले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।
प्रहरी सेवालाई बिचौलियामुक्त बनाउने काम पनि गरिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रवार