२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

विद्यार्थिको विदेश मोह र नेपाली उच्चशिक्षाको अधोगति

• २०२३ जुनमा त्रिभुबन विश्वबिद्यालयले मर्जरका लागि इच्छुक क्याम्पसबाट दरखास्त माग गरेर सूचना प्रकाशित गर्यो ।

• काठमाडौँ विश्वबिद्यालयले आफ्नो शैक्षिक कार्यक्रमहरुमा ३०%सिट रिक्त रहन गयको जनाउदै केहि कार्यक्रमहरु बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ 

• रत्न राज्य क्याम्पसभृकुटीमण्डप मा २०१९ मा पत्रकारिता बिषयमा भर्ना भयका ५०० विद्यार्थी मध्ये तेस्रो बर्षको अन्तिम परीक्षामा ३०० जना सामेल रहे 

यी त केहि दृष्टान्त मात्र हुन । आज हरेक नेपाली नीतिनिर्माता, राजनीतिज्ञ,शिक्षाविद, र सर्बसाधारण बाट समेत चिन्ता जाहेर गर्ने बिषय बनेको छ, नेपालमा शिक्षाको गुणस्तर खस्कियो, विद्यार्थिको विदेश मोहले देश बर्बाद हुने भयो । 

यसैगरी नेपाली बिद्यार्थीहरु बिदेशी विश्वबिद्यालयमा जाने क्रम बढ्दै गईराख्यो भने धेरै स्वदेशी कलेजहरु बन्द हुनेछन र आबश्यक जनशक्ति समेत बाहिरबाट महँगो शुल्क तिरेर ल्याउनुपर्ने दिन नआउला भन्न सकिदैन ।

• के छ नेपालमा उच्चशिक्षा प्रदायक सस्थाहरुको अवस्था 

२०६२/०६३ को जनान्दोलन अगाडिसम्म नेपालमा ६ वटा विश्वबिद्यालयरहेका थिए । २०६३ मा आएको राजनीतिक परिबर्तन सँगै विश्वबिद्यालयकोसंख्यात्मक वृद्धि उल्लेखनीय रुपमा बढ्न गयो भने गुणात्मकतामा ह्रास आउनथाल्यो । 

सन् २०२२ सम्म आइपुग्दा ११ केन्द्रीय विश्वबिद्यालय, ५ वटा स्वास्थ्य प्रतिष्ठानहरु र २ वटा प्रादेशिक विश्वबिद्यालय गरि कूल संख्या १८ पुगेको छ । 

यसबाहेक बिदेशी विश्वबिद्यालय संग सम्बन्धन प्राप्त गरि ५७ कलेज संचालनमा रहेका छन जहा २२३३५ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

स्वदेशी विश्वबिद्यालय अन्तर्गत १४५५ वटा कलेजहरु देशभर संचालनमा रहेका छन् । उपरोक्त कलेजहरु मा विद्यार्थी भर्नाको अवस्था हेरौ –

क्र.स.शैक्षिक बर्षभर्ना भयको संख्या
२०१७ – १८३,७१,०००
२०१८ – १९४,२३,०००  
२०१९ – २०४,७१,०००
२०२० – २१४,६६,०००
२०२१ – २२४,६०,०००

श्रोत :- विश्वबिद्यालय अनुदान आयोगको प्रतिबेदन २०२२

शैक्षिक वर्ष २०२०-२१ देखि नेपालमा विद्यार्थी संख्या ओरालो लागेको मात्रहैन कि शिक्षाको गुणस्तरमा समेत उच्च गिरावट  देख्न सकिन्छ । नेपालमाअध्ययन गर्ने मानसिकता मा ह्रास आउनु र बिदेशी विश्वबिद्यालय प्रतिआकर्षण बढ्नु मा मूल कारण यहाको शिक्षाको उपयोगितामा गिरावट आउनु नै हो।

स्वदेशी शिक्षण संस्थाहरुमा आएको गुणस्तर ह्रास र उच्च दरमा ब्याप्त बेरोजगारीले गर्दा बिदेशमा अध्ययन गर्न जाने युवा-युबतिको संख्या हरेक वर्ष उकालो लागिरहेको छ । आ.ब. २०८०-८१ मा मात्र १,१०,२१७ विद्यार्थीले NoObjection Letter लियका थिय । राष्ट्र बैंकको प्रतिबेदन अनुसार यसरीअध्ययन गर्न जाने युवा युबतिमा मात्र गत वर्ष १ खर्ब रुपैया बिदेशिएको थियो।नेपाली बिद्यार्थीहरुले करिब ८० देशहरुलाई शैक्षिक गन्तब्य बनायको देखिन्छ ।

• No Objection Letter प्राप्त गर्ने विद्यार्थी संख्या :-

क्र.स.देशसन् २०२१ सन् २०२२ 
अस्ट्रेलिया८,६८०६६८०२
जापान११,७१११६१५७
क्यानडा४,१८१११३०२
वेलायत४,५१५७६२७
अमेरिका४,२८७५१२०
यूएइ२,२८५१८६२

श्रोत :- शिक्षा मन्त्रालय 

पढाई संगसंगै कमाई पनि हुने भयपछी धेरै युवा-युबतिको रोजाई बिदेशीकलेजहरु हुन थालेको छ ।बिदेशी कलेजहरुमा अध्ययन कार्य चुनौती रहितछैन, बिहान १० देखि ४ बजेसम्म अध्ययन कार्यमा सामेल हुदा त यहाँ रिजल्ट कमजोर रहन्छ भने काम सँगै पढाई गर्दा नतिजा हामी सहजै अनुमान गर्न सक्छौ । तनावपूर्ण जिबन, कष्टपुर्ण परिश्रम, वित्तीय असन्तुलन र बिदेशी कलेजमा जादाको उदेश्यबीच तालमेल नमिल्दा डिप्रेसन, आत्महत्या जस्ता घटना बारम्बार समाचार बन्ने गरेका छन् । तरपनि यो आकर्षण किन छ त ?

• स्वदेशमा विकर्षण र बैदेशिक अध्ययनमा आकर्षण गर्ने कारणहरु :-

शिक्षा नीति र कार्यक्रम समयानुकुल अध्यावधिक नहुनु 

नेपालको वर्तमान उच्चशिक्षा कार्यक्रमहरु समयानुकुल र ब्यबहारिक छैनन्, ३० बर्षदेखी पाठ्यक्रम, बिषयबस्तु र शिक्षण प्रणालीमा परिमार्जन हुन सकेको छैन । भद्दा पाठ्यक्रम, परम्परागत शिक्षण बिधि, कमजोर पुर्बाधार,नविनतम प्रविधिको अभाव तथा असान्दर्भिक भैसकेका बुढा जनशक्तिकोकारण अध्ययन कार्य निरस र पट्यारलाग्दो भयको छ । अर्कोतर्फ प्राप्तभयको डिग्रीले हामीलाई कुनै रोजगारीको ग्यारेन्टी गर्दैन ।

राजनीतिक हस्तक्षेप र अराजकता 

देशमा रहेका ११ केन्द्रीय विश्वबिद्यालय मध्ये १० वटामा कुलपति प्रधानमन्त्री र सह-कुलपति शिक्षामन्त्री हुने प्राबधान रहेको छ । उपकुलपति, रेक्टरलगायतका पदहरु प्राज्ञिक दक्षताको आधारमा नभै राजनीतिक भागबन्डाकोआधारमा नियुक्त गर्ने गरिन्छ । राजनीतिक नेतृत्वको चाकडी नगर्दा पद सुरक्षित हुन सक्दैन, अतः राजनीतिक खिचातानीको दलदलमा फसेको उच्च शिक्षाको नेत्रित्व दिशाविहीन र पथभ्रष्ट हुनु स्वाभाविक छ।

शिक्षाको उपयोगिता  रोजगारीको उपलब्धता 

देशभित्र व्याबहारिक र रोजगारमूलक शैक्षिक अवस्था नहुनु र बिदेशमा पढाईसंगसंगै कमाई गर्ने अवसरले आत्मनिर्भर बन्न चाहने वर्तमान पुस्ता बिदेशी भूमिमा पढाई प्रति आकर्षित  छन् । 

कैयु देशमा कलेजहरुले रोजगारीका अबसरहरु उपलब्ध गरायका छन् , भने उच्च आय भयका देशहरुमा सपरिवारबसोबास समेत गर्न पाइने भयको हुदा सम्बृद्ध र गतिशील जीवनको लागितछाड-मछाड भैरहेको हामी पाउछौ ।

 चुस्त पाठ्यक्रम, गुणस्तरीय शिक्षा, छात्रवृतिको अवसर, प्राप्त डिग्रीको विश्वब्यापी मान्यता, रोजगारीकोग्यारन्टी जस्ता थप कारणहरु ले हाम्रो युवा पुस्तालाई विदेशतिर दौडाइरहेकोछ ।

एकतातिर बैदेशिक रोजगारिकालागी युबाहरु लाखौको संख्यामा बिदेशीनेअर्कोतिर विद्यार्थी बनेर जाने र उतै बसोबास गर्ने यो क्रम चलीनै रह्यो भने यसले अन्य जटिलता त ल्याउछ नै, ५-१० वर्ष पछि जनसंख्यामा समेत ठुलो उथलपुथल आउने देखिन्छ । 

यसले नेपालको समग्र जनजीवनमा नकारात्मक असर पुर्र्याउछ, विकास र सम्बृद्धिको मार्ग लाई अबरुद्ध गर्दछ ।

निष्कर्षमा

हाम्रो शिक्षा प्रणालीमा समयानुकुल सुधार नभयको कारण र राजनीतिक अस्थिरताको कारण हाम्रा कलेजहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुगे । फलत आफ्नो भबिस्य अन्न्यौल्ग्रस्त र असुरक्षित देखिन थालेपछि युवापुस्ता विकल्पको खोजीमा लाग्यो । 

ब्याप्त गरिबी, बेरोजगारी, भ्रस्टाचार र कुशासनले यसलाई थप मलजल गर्यो । हरेक समस्याको समाधान हुन्छ र हाम्रो देशको वर्तमान अबस्थामा पनि सुधार आबश्यक छ र गर्न सकिन्छ ।

यसका लागी देशको शिक्षा प्रणालीमा आमुल परिबर्तन गरि समयानुकुलरोजगारमूलक, ब्यबहारिक, उत्पादनमुलक बनाइनुपर्छ । सिक्दै र कमाऊदैबिद्यार्थीहरुलाई आत्मनिर्भर बनाई अभिभाबक लाई तनावमुक्त बनाइनुपर्छ ।

देशमा आबश्यक जनशक्ति योजनाबद्ध ढंगले उत्पादन गरिनुपर्छ र उत्पादित जनशक्ति लाई रोजगारीको प्रत्याभूति गरिनुपर्छ ।पिछडीएका, बिपन्न तथा जेहेन्दार हरुका लागि छात्रवृत्तिको पर्याप्त व्यवस्था मिलाईनुपर्छ ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस