२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको शनिबार समापन

घोराही, ३० साउन ।

घोराही १७ गुलरियामा जारी एक महिने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीको शनिबार समापन गरिने भएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक सङ्ग्रहालय परिसर र शिव पार्वती तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तर उन्नतिका लागि आयोजित शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीको एक समारोह बीच दिउँसो समापन गर्न लागिएको शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् शिवपुराण तथा श्रृङ्गारिक महाआरती मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीले जानकारी दिनुभयो । एक महिने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा उल्लेख्य रुपमा दानदाता तथा भक्तजनको सहभागीता रहेको थियो ।

गुलरिया पार्क राम्रो बनाउनु सबैको साझा दायित्व र जिम्मेवारी रहेको भन्दै आयोजित धार्मिक अनुष्ठानमा सहभागी भई सहयोग गर्नुहुने सबैमा धन्यवाद दिँदै समापन कार्यक्रममा सरिक हुन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस