२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

जेन जि आन्दोलनमा आगजनी गरिएको मालपोत कार्यालय तुलसीपुर सरसफाई गर्न सुरु

दाङ, ३० भदौ ।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते आगलागी भई पुर्ण रुपमा जलेर नष्ट भएको मालपोत कार्यालय तुलसीपुरमा २९ गते देखि सरसफाई गर्न सुरु गरिएको छ ।

नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका लेखापढि कानुन ब्यवसायीहरु र मालपोत कार्यालय तुलसीपुरका कर्मचारीहरुले सरसफाई गर्न सुरु गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ अमिलिया रोडमा भाडामा रहेको मालपोत कार्यालय जेन जी आन्दोलनका क्रममा आन्दोलन कर्ताले आगलागी गराए पछि तुलसीपुर उपमहानगरपालिका,

बबई गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका का जग्गाधनीहरुको मालपोत कार्यालयमा रहेका मोठ, श्रेष्ता, तामेली लगाएतका महत्वपुर्ण कागजातका साथै कार्यालयका फर्निचरका सामानहरु जलेर खरानी बनेका छन भने कति पय आधा जलेका मोठहरुलाई ब्यवस्थापन गरिएको सुचना अधिकारी शान्तराज गौतमले जानकारी दिनु भएको छ ।

मालपोतल कार्यालय तुलसीपुरमा पुर्ण रुपमा जलेको अबस्था रहेको हुदा केही दिन ब्यवस्थापन नहुदा सम्म बन्द रहने सेवा दिन नसक्ने गौतमले बताउनु भएको छ ।

उता मालपोत कार्यालय देखी पुर्व तर्फ रहेका नेपाल लेखापढि कानुन ब्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका लेखापढि कानुन ब्यवसायीहरुका फर्म र ब्यक्तिगत भु-सेवाहरुको २० ओटा सटर समेत फोडेर आगो लगाइदिदा झन्डै पचास लाख भन्दा बढिको सामान जलाएर नष्ट बनाइदिएका छन ।

एउटा किराना पसल र एउटा नास्ता पसल पनी आगलागि गराएका छन । उक्त भु सेवाहरुमा कामको सिलसिलामा छोडिएका सेवा ग्राहीहरुका सक्कल नागरिक्ता, सक्कल लाल पुर्जा र सक्कल लिखत लगाएत महत्वपुर्ण समानहरु जलाएर नष्ट गराइदिएको अध्यक्ष बिनोद न्योपानेले बताउनु भएको छ ।

आन्दोलन कर्ताले नजिकै रहेका मालोपोत कार्यालय, उच्च अलात तुलसीपुर र लोक सेवा आयोग आगो लगाएर पुर्ण रुपमा ध्वस्त बनाइ दिएका थिय ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस