२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

वनरक्षकलाई १५ लाखको बिमा

दाङ,

लुम्बिनी प्रदेश सरकारले बनरक्षकका लागी विमा कार्यक्रम सुरु गरेको छ । लुम्बिनी प्रदेशका मख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थितिमा बिमापत्र हस्तान्तरण गरिएको छ ।

वन डढेलो नियन्त्रण, वन अतिक्रमण नियन्त्रण तथा चोरीशिकारी नियन्त्रण लगायतका कार्यमा फ्रन्टलाईनमा खटिने वनरक्षकहरूका लागि १५ लाख बराबरको दुर्घटना एवं जीवन बिमा कार्य सुरु गरेको बन मन्त्रालयका सचिव उद्बब बहादुर घिमिरेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस