२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

उत्कृष्ट बन्यो न्यौपानेले डिजाईन गरेको बागचौर नगरपालिकाको निशान छाप

सल्यान, ३१ असार । सन्तोष न्यौपानेले डिजाईन गरेको निसान छाप उत्कृष्ट बनेको छ । न्यौपानेले डिजाईन गरेको सल्यान बागचौर नगरपालिकाको निसान छाप उत्कृष्ट भएको हो ।

उत्कृष्ट भय संगै नगरपालिकाले उक्त निशान छाप प्रयोगमा ल्याएको छ । नगरको पहिचान झल्किने गरी निशान छाप डिजाईन भयकोले कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने छाप निर्माण गरेको नगर प्रमुख जनकराज गौतमले जानकारी दिनुभयो ।

निशान छापमा बागचौर नगरपालिकाको पहिचान झल्कने लालीगुराँस, लेक, आलु, सुन्तला खेती, स्थानीय घर, बजार, पशुपालन, मठमन्दिर, स्थानीय रूपमा उत्पादन हुने धान, मकै गहुँ, पानी घट्ट, शारदा नदीको मुहान समावेश गरिएको छ ।

यस्तै हिमाल, किसान, नगरपालिकाले निर्माण गरेको भ्यु टावर, झोलुङ्गे पुल, मादल, दमाहा, सहनाई, बाजा, चन्द्र सूर्य अङ्कित नेपालको झन्डा, नगरपालिकाको नक्सा, दलित र मगर समुदायको प्रतिनिधित्व हुने भेसभुसा सहितको तस्बिर पनि छापमा समावेश गरिएको डिजाईनर सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।

समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर निशान छाप बनाइएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अन्नतकुमार गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस