प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन हुने : उपाध्यक्ष श्रेष्ठ
दाङ, ९ फागुन ।
सरकारले पारित गर्न थालेको प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) का उपाध्यक्ष आशिष श्रेष्ठले बताएका छन् ।
प्याब्सन दाङको आयोजनामा दाङको घोराहीमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष श्रेष्ठले सरकारले लागू गर्न थालेको प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन भएर आउनेमा विश्वस्त हुन आग्रह गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले भने, ञराष्ट्रको शैक्षिक उन्नयनमा निजी विद्यालयहरूले महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
शैक्षिक गुणस्तरका लागि निजी विद्यालयले गरेको योगदान दृष्टान्त योग्य रहेको छ । निजी विद्यालयको योगदानलाई राज्यले अवमूल्यन गर्न मिल्दैन ।
प्याब्सन दाङले आयोजनामा ञसेल्फ मोटिभेसन स् इन्सपायर योरसेल्फझ विषयक प्रशिक्षण कार्यक्रम
सम्पन्न भएको हो ।
कार्यक्रममा आचार्यश्री महेन्द्र वशिष्ठ र आचार्य विवेक विनयले नेतृत्व विकास, नेतृत्व, मोटिभेसन, उत्प्रेरणा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्याब्सन केन्द्रीय समितिका सचिव यादव गिरी, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्याब्सन, एनप्याब्सन, सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल र शैक्षिक सरोकार पक्षको सहभागिता रहेको थियो । कार्यक्रममा १ सय ९५ जनाको सहभागिता रहेको थियो ।
अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उपाध्यक्ष चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।