२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

दाङ, ३० चैत ।

अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई नेपाल फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरू चैत २४ गते मंगलबार काठमाडौं आइपुगेका हुन्।

डिपोर्ट हुनेमध्ये १२ जना अवैध बाटोबाट अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए। मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार अन्य व्यक्तिहरू विभिन्न नियम उल्लंघन गरेको आरोपमा फर्काइएका हुन्।

पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्। डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता यस्तो क्रम बढ्दै गएको छ।

अमेरिका सरकारले पछिल्लो समय आप्रवासीहरूमाथि कडाइ गरेको छ। भिसा प्रक्रिया पूरा नगर्ने, भिसा अवधि सकिएपछि पनि बस्ने वा नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आफ्नै देश फर्काउने नीति लागू भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस