२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

मेट्रो कलेजका विद्यार्थीद्वारा वर्कसप संचालन

दाङ । तुलसीपुर उपमहानगरपालिका द्वारा संचालित मेट्रो कलेजका विद्यार्थीले झमेट्रो मर्मत केन्द्रसंचालनमा ल्याएका छन् । कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले मर्मत केन्द्र संचालनमा ल्याएका हुन् ।

मर्मत केन्द्रको उद्घाटन तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्कसपले विद्यार्थीको पढाइ सँगै सीप र आयआर्जनको वृद्वि गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कलेजको झपढ्दै र कमाउँदैअभियान अन्तर्गत विद्युतीय सामग्री ममर्त केन्द्रको सुरूवात गरिएको प्राचार्य बसन्त आचार्यले जानकारी दिए ।

ममर्त केन्द्रमा एसी,फ्रिज,पंखा,वासिङ मेसिन,मोटर लगाएतका विद्युतीय सामग्री ममर्त गरिने विद्यार्थी तारा कँवरले जानकारी दिए ।

आफ्नो पढाई खर्च आफैँ कमाउने उदेश्यका साथ वर्कसप संचालन गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस