२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बालेनको ‘जेन–जी आन्दोलन’मा समर्थन

काठमाडौँ ,२२ भदौ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भोलि (सोमबार) हुन लागेको ‘जेन–जी आन्दोलन’मा समर्थन जनाएका छन्।

दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नवीन पुस्ताले संसद् भवन नयाँबानेश्वर र माइतीघर मण्डलाबाट सुरु गर्न लागेको प्रदर्शनबारे सामाजिक सञ्जालमार्फत मेयर शाहले आफ्नो समर्थन प्रकट गरेका हुन्। उनले जेन–जी पुस्ताको आन्दोलन पूर्ण रूपमा स्वतःस्फूर्त भएको भन्दै कुनै राजनीतिक दल, नेता वा अभियन्ताले त्यसलाई आफ्नो स्वार्थमा प्रयोग नगर्न चेतावनी दिएका छन्।

शाहले लेखेका छन्, “भोलिको र्‍याली २८ वर्षमुनिका युवाहरूको हो। म उमेरका कारण प्रत्यक्ष सहभागी हुन सक्दिन, तर उहाँहरूको उद्देश्य र सोच बुझ्नु आवश्यक छ। मेरो पूर्ण समर्थन छ।” युवाहरूलाई सम्बोधन गर्दै मेयर शाहले, “प्रिय जेन–जी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छरु” भन्ने प्रश्न पनि गरेका छन्।

उनले लेखेका छन्‌ स् भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ ।

भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस