२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाँके, ३० भदौ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

राप्तीसोनारी–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारुको आइतबार राति बाघको आक्रमणमा परि मृत्यु भएको हो ।

थारु सोही गाउँपालिकाको वडा नं–२, मदुईस्थित आफन्तको घरबाट फर्किँदै गर्दा जनमुखी सामुदायिक वन क्षेत्रमा बाघको शिकार बनेको प्रहरीले जनाएको छ ।

घर फर्कने क्रममा उनलाई बाघले आक्रमण गरेको बताइएको छ। आइतबार साँझ घर नफर्किएपछि परिवार र आफन्तले खोजी थालेका थिए ।

खोज्दै जाँदा सोमबार बिहान सामुदायिक वनभित्र करिब ५० मिटर टाढा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस