२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

सेयरबजारमा साढे ११ अर्बको कारोबार

काठमाडौँ।

साताको चौथो दिन बुधबार नेप्से ५.३८ अंकले बढेको छ।

आइतबार ५७.५५ अंकले नेप्से बढेपछि उत्साही बनेका लगानीकर्ताहरू सोमबार ३.०७ र मंगलबार ४२.५८ अंकको गिरावट आएसँगै निराश बने। बुधबार झिनो अंकले बढे पनि लगानीकर्ताहरू खुसी बने।

अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा बुधबार नेप्से ०.१९ प्रतिशतले बढ्दै २‚७३१।८९ अंकमा रोकिएको छ। सेन्सिटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४६४.२६ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.०४ प्रतिशतले घटेको हो। आइतबार सेन्सेटिभ इन्डेक्स १.७३ प्रतिशतले बढेको थियो भने सोमबार ०.३४ र मंगलबार १.५६ प्रतिशतले घटेको थियो।

नेप्सेमा उत्पादन तथा प्रशोधन समूह ०.४१ प्रतिशतले बढ्यो भने लघुवित्त समूह ०.१३ प्रतिशतले घट्यो। यसैगरी म्युचुअल फन्ड समूह भने ०.२५ प्रतिशतले बढ्यो। आज निर्जीवन बिमा ०.०७ प्रतिशतले घट्यो भने अन्य समूह ०.३० प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले बढे।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस