कांग्रेस चुनावी सभा सुर्खेत र बाँकेमा आज, रुपन्देहीमा भोलि हुने
रुपन्देही । नेपाली कांग्रेसको रुपन्देहीमा आजका लागि तय भएको चुनावी सभा भोलिका लागि सारिएको छ । प्रवक्ता देवराज चालिसेले भोलि रुपन्देही र पोखरामा चुनावी सभा हुने जानकारी दिनुभयो।
सुर्खेत र बाँके भने आजै चुनावी सभा हुने भएको छ । सभामा सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने प्रवक्ता चालिसेले जानकारी दिनुभयो।
सभामा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।
प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार