२ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्य २ हजारले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १९ हजार कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो । सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० मा कारोबार भइरहेको थियो ।
यस्तै, चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको छ । मंगलबार चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो । सोमबार ५ हजार ४१० मा कारोबार भएको थियो।
प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
