२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

निःशुल्क आँखा चेकजाँच

तुलसीपुर, १० असार ।
दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा शनिबार निःशुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४औँ स्थापना दिवसको अवसर पारी यातायात मजदुर, यातायात क्षेत्रका कर्मचारी र यातायात व्यवसायीहरुका लागि निःशुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको हो ।

संगठन जिल्ला कमिटीको आयोजना तथा नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा निःशुल्क आँखा चेकजाँच गराउन पाउँदा यातायात मजदुर खुसी भएका छन्

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस