प्रतिनिधि सभामा मन्त्रीहरूले जवाफ दिने
तिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।
मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको शीर्षकमाथि उठेका प्रश्नको पनि मन्त्रीहरूले जवाफ दिनेछन्।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
