२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

घोराही ८ का वडा अध्यक्ष शाहले दिए राजीनामा

दाङ, १२ असार । 

घोराही उपमहानगरपालिका वडा नं.८ अध्यक्ष जितेन्द्र शाहले पदबाट राजिनामा दिएका छन । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै अध्यक्ष शाहले पदबाट राजिनामा दिएका हुन ।

एमालेबाट निर्बाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजिनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर बाहिरिएका हुन ।

पटक पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिएपनि त्यो आश्वासनमै सिमित पारेको भन्दै शाहले मेयरसंग चर्को असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस