२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

एसइई नतिजा प्रकाशन गर्ने अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न अन्तिम तयारी गरेको छ।

गत चैतमा सम्पन्न एसइईको नतिजा प्रकाशन गर्न बोर्डले अन्तिम तयारी थालेको हो।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार तथ्याङ्कको शुद्धाशुद्धीक परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको छ।

उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकिएर रूजु गर्ने काम भइरहेको श्रेष्ठले बताए।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागी आज बोर्ड बैठक बोलाइएको छ।

कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ र कुनै समस्या आए भोलि प्रकाशन गरिने छ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस